पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिकबाट आज ‘डिस्चार्ज’ हुँदै

0
Shares

काठमाडौँ, ६ साउन । नर्भिक अस्पतालमा भर्ना भई मुटुसम्वन्धी रोगको उपचार गराईरहेका पूर्व राजा ज्ञानेन्द्र शाह आज हस्पिटलबाट डिस्चार्ज हुने भएका छन् ।

गत बुधबार भर्ना भई कोरोनरी एन्जियोप्लाष्टी गराई स्टेन्ट समेत हालेका शाहको स्वास्थ्य सामान्य बन्दै गएपछि आज अस्पतालबाट डिस्चार्ज हुन लागेका हुन् ।

बिहीबार बेलुका पूर्वराजा शाहको स्वास्थ्य अवस्था बुझन नर्भिक पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापासंग उपचारमा सम्लग्न डा यादवदेव भट्टले सो जानकारी दिएका हुन् ।

शाहको उपचारमा मुटुरोग विशेषज्ञ डा भट्ट नेतृत्वमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ राणा संलग्न छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *