मुटुमा समस्या भएपछि पूर्वराजा ज्ञानेन्द्र नर्भिक हस्पिटलमा भर्ना

376
Shares

काठमाडौँ, ४ साउन । मुटुमा समस्या देखा परेपछि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । आज विहानै थापाथलीस्थित नर्भिक अस्पताल पुगी उनी भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार पूर्वराजा शाहको कोरोनरी इन्जीयोग्राफी गर्ने तयारी भएको छ । मुटुका रक्तनलीमा अवरोध भएको निस्कर्षका साथ कोरोनरी इन्जीओग्राफी गर्न लागिएको हो ।

‘यसबाट मुटुको कुन ठाँउमा कति व्लक भएको रहेछ भन्ने थाह हुन्छ । त्यसैको आधारमा परेको खण्डमा एन्जिओप्लाष्टी गर्ने तथा स्टेन्ट लगाउने वा नलगाउनेबारे निधो हुनेछ, अस्पताल स्रोतले भन्यो ।

त्यसो त मुटुमा अप्ठेरो महसुस भएको भन्दै पूर्वराजा शाह गत शुक्रबार देखिनै नर्भिक हस्पिटलमा फलोअपका लागि पुगेका थिए । सोही अनुसार आज भर्ना भएका हुन् । उनको उपचारमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोली सहभागी छ ।

शाहलाई नर्भिकको भीभीआईपी सुईटको ४०१ नम्बर बेडमा राखिएको छ । उनको साथमा श्रीमती कोमल, बुहारी हिमानी तथा नाति नातिनीहरु तथा आफन्तहरु छन् । तर छोरा पारस भने हस्पिटल पुगी नसकेको जनाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *