पाल्पाको अनुगमन टोलीद्धारा सुर्तीजन्य पदार्थ जफत गरी नष्ट

168
Shares

पाल्पा ३१ असार । सरकारी अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानबाट अबैध रुपमा विक्रीका लागि राखिएका सुर्तीजन्य पदार्थ जफत गरि नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मी सहितको संयुक्त अनुगमन टोलीले तानसेन नगरपालिकाका विभिन्न स्थान, रामपुर नगरपालिकाका विभिन्न स्थान तथा सिद्धार्थ राजमार्गमा पर्ने विभिन्न बजारको अनुगमन गरेको थियो ।

सो क्रममा दर्ता विना सञ्चालनमा रहेका सुर्ती विक्री गर्ने पसल, स्कुल तथा अस्पतालबाट एक सय मिटर वरपर विक्रीका लागि राखिएका सुर्ती, सजाएर राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइ नष्ट गरिएको हो ।

जिल्ला स्वास्थ्यका सूचना अधिकारी माधव ज्ञवालीले सुर्तीजन्य यसपटकको अनुगमनमा इजाजत नलिई सुर्तीको पसल खोलिएको, सार्वजनिक स्थानको सय मिटर वरपर विक्रीका लागि राखिएका सुर्तीजन्य पदार्थ जफत गरिएको बताए । उनले सुर्ती चुरोट, गुडखा, पानपराग लगायतका सुर्तीजन्य पदार्थहरु नष्ट गरिएको बताए ।

‘तानसेन नगरपाकिालकाका भुसालडाँडा, लहरेपिपल, कैलाशनगर, प्रभास, बर्तुङ, अर्घली सहित रामपुर, राम्दी लगायतका विभिन्न टोल तथा बजारमा गएर अनुगमन गरियो । यो क्रममा थुप्रै अवैध सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएर नष्ट गरियो,’ ज्ञवालीले भने ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को कार्यान्वनय गर्ने सिलसिला अनुरुप बजार अनुगमन गरिएको सरकारी अधिकारीहरुले बताए । नेपालमा हरेक बर्ष करीब २५ हजार व्यक्तिको सुर्तीजन्य पदार्थको सेवनकै कारणबाट मृत्यु हुने गरेको अनुमान छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *