‘चितवनबासीलाई लगातार थर्काउने लामखुट्टे’

चितवन, ३० असार । ‘हामीलाई अरु केही डर छैन तर यो लामखुट्टेले कहिले डेंगु फैलाउछ, कहिले स्क्रप टाइपस ल्याउँछ । कहिले मलेरिया सल्काउछ । त्यसले डर भनेकै यहि लामखुट्टेको हो । यसले एक किसिमले हामीलाई चुनौती दिएको छ अर्थात हामीलाई थर्काएको छ भन्दा हुन्छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख बिजय झाले भने ।

हुनपनि चालु आर्थिक बर्षमा डेंगुबाट एक र स्क्रप टाइपसबाट चार गरी कुल पाँच जनाको मृत्यु भएको छ ।यतिबेला महामारीको रुप नलिएपनि ढुक्क हुने अवस्था अझैपनि छैन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा सञ्जीवनी हेल्थ मिडियाले गत मंगलबार चितवनमा गरेको समसामयिक महामारी जन्य रोग र स्वास्थ्य सेवा विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाको अवस्था सुनाउने क्रममा जनस्वास्थ्य प्रमुख झाले यतिवेला किटजन्य बाहेक अरु खालका सरुवा रोगको समस्या नदेखिएको बताए ।

उनले चालु आर्थिक बर्षको सुरुदेखि करीब पाँच महिना चितवनमा स्क्रप टाइपस र डेंगुले हल्लाखोर पारेको भन्दै त्यसयताका केही महिना नियन्त्रणमा रहेको बताए । उनले कतिपय पानी जमेको स्थानमा अहिले त्यो खालका लामखुट्टे रहेको भन्दै संक्रमण पुन देखिनसक्नेमा सचेत गराए ।

जिल्ला स्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक राजकुमार केसीले चितवनमा गतवर्षको तुलनामा डेंगुको जोखिम बढेको भन्दै अघिल्लो बर्ष ८५ वटा केश पोजेटिभ देखिएकोमा यो बर्ष बढेर ६८७ पुगेको बताए । त्यस्तै स् क्रप टाइपस अघिल्लो बर्ष ३३ जनामा पोजेटिभ देखिएकोमा यसबर्ष त्यो बढेर ५०५ केशमा पुगेको बताए ।

उनले लामखुट्टे नियन्त्रणका लागि एक लाख १२ हजार बढी थान झुल वितरण गरिएको समेत जनाए ।स्वास्थ्य कार्यालयका फोलक पर्सन अनुप अधिकारीले जिल्लाको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए । उनले विभिन्न इलाकामा लामखुटटेको बासस्थान खोज्ने र मार्ने अभियान सर्च एण्ड डिस्टोई अभियान चलाएर नियन्त्रणको प्रयास गरिएको बताए ।

कार्यक्रममा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपानेले समसामयिक महामारीजन्य रोग नियन्त्रणका लागि पत्रकारको भूमिकाका बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुले महामारीजन्य रोग र जिल्लाको समग्र स्वास्थ्यको बारेमा छलफल गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *