जिम्वाब्वेका राष्ट्रपति मुगावे स्वास्थ्य परिक्षणका लागि सिङ्गापुरमा

96
Shares

हरारे २६ असार । जिम्वाब्वेका राष्ट्रपति रोवर्ट मुगावे नियमित स्वस्थ्य परीक्षणका लागि सिङ्गापुर गएको यहाँको राज्य सञ्चालित समाचार सस्थाले जनाएको छ ।

त्रियानब्वे बर्षीय मुगावेले सन् २०११ र सन् २०१४ मा गरी दुई पटक आँखाको शल्यक्रिया गराएको जिम्वाब्वेको सन्डे माइल पत्रिकाले जनाको छ ।

उनी यसैहप्ताको मध्यतिर स्वदेश फर्किने अनुमान गरिएको निकट स्रोतलाई उद्धृत गर्दै जानकारी गराएको छ ।  बयोबृद्ध नेताको उपचारार्थ गत बर्ष भएको एक भ्रमणका क्रममा उनी सही अवस्थामा नरहेको भन्ने खबर प्रकाशन गरेपछि दुई सञ्चारकर्मीलाई सुरक्षा नियन्त्रणमा लिइएको थियो ।

सरकारले उनी सकुशल रहेको भनी समाचारको खण्डन गर्नुपरेको थियो । मुगावेलाई बुढ्यौली सम्वन्धी रोगका कारण हिडडुल गर्न कठिनाई हुने गरेको र औपचारिक छलफलहरूमा नै पनि झकाउने समस्या पछिल्लो समयमा देखिने गरेको भएपनि अन्य समस्याभने नरहेको राष्ट्रपतिको कार्यालयले बताउदै आएको छ ।

मुगावेको उमेरका कारण नेतृत्व हस्तान्तरण गर्न भनी आउने गरेका सुझावलाई उनले स्वीकार नगर्दा उहाँको जेडएएनयु–पिएफ पार्टीमा पटक पटक फुट आएको छ ।रासस /एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *