पत्रकारलाई नि:शुल्क उपचार सेवा दिने जिल्ला अस्पतालको घोषणा
रसुवा २४ असार ।रसुवा जिल्ला अस्पतालमा उपचार गर्न जाने पत्रकारले अबदेखि पैसा तिर्न नपर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले परिचय पत्र बोकेका क्रियाशिल पत्रकारलाई उपचार नि:शुल्क गर्ने घोषणा गरेको हो ।
पत्रकारहरुले समाचारकाका माध्यमबाट स्वास्थ्य सम्वन्धी जनचेतना अभिबृद्धि गर्न महत्वपूर्ण योगदान पुरयाएको भन्दै जिल्ला स्वास्थ्यले प्रोत्साहन स्वरुप उपचार निशुल्क गरिदिने घोषण गरेको हो ।
अस्पतालका समेत प्रमुख रहेका जिल्ला स्वास्थ्य प्रमुख डा झलक शर्मा गौतमले रसुवाका पत्रकारिताका माध्यमबाट रसुवाका पत्रकारले स्वास्थ्य जनचेतना अभिबृद्धि गर्ने गरी निरन्तर रुपमा आफ्नो काम गरेको भन्दै यस्तो अभियान चलाएको बताए ।
उनले उपचार अन्तरगत बहिरंग, अन्तरंग, एक्सरे, ल्याव लगायतका अस्पतालमा उपलव्ध सबै सेवा निशुल्क उपलव्ध हुने बताए । त्यसका लागि सूचना विभागको पत्रकार परिचय पत्र भने अनिवार्य गरिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले स्वास्थ्य प्रबद्र्धनमा आफूहरु सरकारसंग हातेमालो गरेरै अघि बढेको भन्दै जिल्ला स्वास्थ्यका हरेक अभियानमा साथ रहेको बताए ।

उनले स्वास्थ्य जनचेतना, गतिविधि तथा सरसफाईमा विशेष ध्यान दिएको भन्दै पत्रकारको उपचारमा सहुलियत दिने स्वास्थ्यको निर्णयलाई स्वागत गरेको बताए ।
कार्यक्रममा सञ्जीवनी हेल्थ मिडियाका अध्यक्ष एवं नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपानेले जिल्लामा क्रियाशिल पत्रकारहरुले स्वास्थ्यका विषयमा गरेका र गर्नुपर्ने रिपोर्टिङ बारे प्रकाश पारेका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



