लागूपदार्थ प्रयोगकतामा हेपाटाइटिसको जोखिम एच्आइभी भन्दा बढी
काठमाडौँ, २३ असार । राजधानीका १६ बर्ष भन्दा माथिका लागूप्रदार्थ प्रयोगकर्ता पुरुषमा एच्आइभी भन्दा हेपटाइटिस सिको जोखिम उच्च रहेको तथ्य पाइएको छ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न सघं संस्थाको सहयोगमा गरेको सर्भेक्षणले उक्त तथ्थ पाइएको हो ।
सर्भेक्षण १६ बर्ष माथिमा ३ महिना पहिले देखि लागूऔषध प्रयोग गर्ने ललितपुर, भक्तपुर र काठमाडौंका ३ सय ४० जनामा गरिएको थियो । सो सर्भेक्षणले १८ प्रतिशत पुरुषमा हेपटाइटिस सि को जोखिमा रहेको देखाएको हो।
सर्वेक्षणमा लागूप्रदार्थ सेवन गर्ने पुरुषमा ८. ५ प्रतिशत एच्आइभीको जोखिम रहेकोमा त्यसको दोब्बर हेपटाइटिस सी जोखिम रहेको देखिएको राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. तरुण पौडेल बताए।
संर्वेक्षणले लागूप्रदार्थ सेवन पश्चात एचआईभी र हेपटाइटिस दुवैको जोखिममा रहने पुरुषको संख्या ७.३ प्रतिशत रहेको देखाएको छ।
निर्देशक डा. पौडेलले काठमाडौं उपत्यकामा लागूप्रदार्थ प्रयोगकर्तामा एच्आइभीको जोखिम भन्दा हेपटाइटिस सि को जोखिम बढ्दै गएको भन्दै यसको रोकथामको लागि सबै सरोकालवलाहरु लाग्नु पर्ने बताए ।
उनले भने, ‘हामीले आर्थिक बर्ष ०७३/ ७४ मा गरेको यस अध्ययनले उपत्यकामा लागू प्रदार्थ सेवन कर्ताहरुमा एच्आइभी भन्दा हेपटाइटिसको जोखिम उच्च रहेको देखिएको छ।’
काठमाडौंमा भन्दा पोखरामा हेपटाइटिस सी को जोखिम उच्च
केन्द्रले गरेको सर्वेक्षणमा लागूप्रदाथ सेवन गर्ने १६ बर्षमाथिका पुरुषमा हेपटाइटिस सीको जोखिम काठमाडौंमा भन्दा पोखरमा उच्च रहेको देखिएको छ। पोखरामा लागूप्रदार्थ सेवन गर्ने पुरुषमा हेपटाइटिसको जोखिम २१ प्रतिशत रहेको छ। ३ सय ४० जना लागूप्रदार्थ सेवनकर्तामा गरिएको सर्वेक्षणमा हेपटाइटिस सिको जोखिम २१ प्रतिशत देखिएको हो।
केन्द्रले गरेको सर्वेक्षणमा लागू प्रदार्थसेवन गर्ने पोखराका पुरुषमा एच्आइभीको जोखिम ४.९ प्रतिशत रहेको देखाएको छ।
यस्तै सर्वेक्षणले काठमाडौं उपत्यका रहेका समलिङी र तेस्रोलिङ्गीमा एच आइभीको जोखिम ६.२ प्रतिशत रहेको देखाएको छ। १२ महिनाभित्र पुरुष वा तेस्रोलिङ्गी मुखमैथुन कार्यमा संलग्न भएका ४ सय समलिङ्गी वा तेस्रोलिङ्गीमा गरिएको अध्ययनमा एचआइभीको जोखिम ६.२ प्रतिशत देखिएको हो।
काठमाडौं उपत्यकामा लागूप्रदार्थ प्रयोगकर्तामा एच्आइभीको जोखिम भन्दा हेपटाइटिस सि को जोखिम बढ्दै हुदाँ यसको रोकथामको लागि सबै सरोकालवलाहरु लाग्नु पर्ने डा.पौडेलले बताए।
सम्पर्क इमेल : [email protected]