मेरिटकाआधारमा तत्काल विद्यार्थी भर्ना गर्न सरकारको निर्देशन
काठमाडौँ, २३ असार । सकारले चिकित्सा शिक्षाको विशेषज्ञ तह (पिजी)मा मेरिटका आधारमा तत्काल विद्यार्थी भर्ना गर्न निर्देशन दिइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहिबार बसेको बैठकले चिकित्साशास्त्रतर्फ चालू शैक्षिक सत्रमा योग्यताक्रम (मेरिट)अनुसार सात दिनभित्र विद्यार्थी भर्ना लिन मेडिकल कलेजहरुलाई निर्देशन दिइएको हो ।
सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा बसेको बैठकले २०७२ असोज १ गतेको मन्त्रिपरिषद्को निर्णय र २०७२ मङ्सिर १५ र २०७३ जेठ २१ को सर्वोच्च अदालतको आदेशअनुसार भर्ना गर्न निर्देशन दिएको हो ।
त्यस्तैगैरी मेरिटबाट भर्ना भएका विद्यार्थीको परीक्षा नियन्त्रण कार्यालयमा रजिस्टेसन नगर्न त्रिभुवन विश्वविद्यालय डिन कार्यालयबाट पत्र लेखिएको विषयमा पनि तीन दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जानकारी गराउन निर्देशन पनि दिएको जारी विज्ञप्तिमा उल्लेख छ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले पिजी अर्थात् एमडी, एमएस, एमडिएसको भर्ना प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक बनाउन प्रवेश परीक्षा नतिजाको योग्यताक्रम अनुसार भर्ना लिन पाउने व्यवस्था गरेको छ।
सम्पर्क इमेल : [email protected]