धामी, झाँक्रीलाई स्वास्थ्यमूलक तालिम

0
Shares

गोरखा, २२ असार । झाडापखला फैलिएको गोरखाको बारपाकका धामीझाँक्रीलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तालिम दिइएको छ ।

स्वास्थ्य संस्थामा भन्दा धामी झाँक्रीकोमा बिरामी गई उपचार गर्दा बिरामीको ज्यान नै गएपछि धामीझाँक्रीलाई स्वास्थ्यमूलक चेतना जगाउन बुधबार तालिम दिइएको हो ।

केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रको सहयोगमा जनचेतनामूलक कार्यक्रम गरेको बारपाक स्वास्थ्यचौकी प्रमुख अनिलकुमार शाहले जानकारी दिए । बारपाकमा ३० जना धामीझाँक्री बसोबास गर्छन् । तालीममा धामी झाँक्रीकोमा ल्याउने बिरामीलाई तुरुन्तै स्वास्थ्य संस्थामा पठाउन आग्रह गरिएको हो ।

दुई साता अघिदेखि बारपाकमा झाडापखालाको समस्या देखिएको थियो । पन्ध्र महिने अमृत घलेको पखालाकै कारणले मृत्यु भएपछि घटना बाहिर आएको थियो । पखाला नियन्त्रणमा आइसकेको स्वास्थ्य चौकी प्रमुख शाहले बताए । दूषित पानीको प्रयोगले बर्सेनिजसो पखालाका बिरामी देखिन्छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *