‘कम्युनिटी पोष्टिङ’मा गएका चिकित्सक नै आन्दोलनमा

4
Share

काठमाडौँ, २२ असार । सरकारले सम्झौँता अनुसारको भत्ता सुविधा नदिएको भन्दै कम्युनिटी पोष्टिङ गएका चिकित्सकहरुले आन्दोलन सुरु गरेका छन् । जिल्लामा तथा क्षेत्रमा गएर काम गरिरहेका उनीहरुले सम्झौता अनुसारको सुविधा नदिएसम्म आकस्मिक बाहेकका सेवामा सहभागी नहुने घोषणा गरेका हुन् ।

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले १ फागुन देखि जिल्ला तहमा विशेषज्ञ सेवा उपलव्ध गराउन भन्दै विश्वविद्यालय तथा प्रतिष्ठानसंग आवासीय चिकित्सक पठाउने गरी सम्झौता गरेका थिए ।

उनले आवासीय चिकित्सकलाई डेढ महिनाका लागि जिल्ला पठाउन विशेषज्ञ बापतको भत्ता प्रतिमहिना २० हजार रुपैयाँ र बाटो खर्च स्वरुप ५ हजार रुपैयाँ सहित डेढ महिनाको ३५ हजार दिने गरी सम्झौता गरेका थिए । सोही सम्झौता अनुरुप चैतको पहिलो साता देखि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसका आवासीय चिकित्सकहरु जिल्ला खटिएका थिए ।

तर सेवामा खटिएका डाक्टरले सो अनुसारको भत्ता अहिलेसम्म पाएका छैनन । नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएशनका अध्यक्ष डा लिजन महर्जनद्धारा बुधबार जारी विज्ञप्तीमा गत २८ माघको सम्झौँता अनुसार भत्ता उपलव्ध हुनुपर्ने भन्दै त्यो नहुँदासम्म फिल्डमा खटिएका चिकित्सकले आकस्मिक बाहेकका काममा सहभागी नहुने उल्लेख छ ।

यसअघि पनि एनआरडीएले सम्झौँता अनुसारको भत्ता उपलव्ध गराउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । तर सरकारले त्यसको सुनुवाई गरेको थिएन ।

यता आफ्ना माग पुरा नगरेको भन्दै महाराजगञ्ज मेडिकल कलेज स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार देखि अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *