मानवअंग प्रत्यारोपण केन्द्रलाई कलेजो प्रत्यारोपणमा दोस्रो सफलता

काठमाडौँ, २१ असार । कलेजो प्रत्यारोपणको पहिलो केश सफल भएको झण्डै सात महिना पछि भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रले दोस्रो प्रत्यारोपण गरेको छ ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले केन्द्रले गत आइतबार ११ घण्टा लगाएर काठमाडौँ लगनका ५७ बर्षीय हिराकाजी महर्जनमा कलेजो प्रत्यारोपण गरेको हो ।

हिराकाजीलाई उनकी आफ्नै २४ बर्षीया छोरी सरिता महर्जनले कलेजो दान गरेकी थिइन । नेपाली चिकित्सकहरुलाई भारतको म्याक्स अस्पतालबाट आएका विशेषज्ञ चिकित्सकहरुले प्रत्यारोपणका कार्यका लागि सघाएका थिए ।

यसअघि गत मंसिर २२ मा प्रत्यारोपण गर्दा कोरियन चिकित्सकहरुको टोली आएर सघाएका थिए । केन्द्र स्रोतका अनुसार कलेजो लिने बाबु र दिने छोरी दुवैको स्वास्थ्य अवस्था सामान्यउन्मुख बन्दै गएको छ । यद्धपी चिकित्सकहरुले उनीहरुलाई विशेष निगरानीमा राखेका छन् ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार विदेशी विशेषज्ञ चिकित्सकको निगरानीमा अरु केही केश गर्दैछ । ‘४ वटा केश अहिले पनि वेटिङमा छ । त्यो केश अब हामी छिटै गर्दैछौँ,’ प्रत्यारोपणमा सहभागी एक चिकित्सकले बताए ।

केन्द्रका निर्देशक डा श्रेष्ठले भने यसअघि नै केही केशहरु विदेशी विशेषज्ञ चिकित्सकको निगरानीमा गर्ने बताएका थिए । ‘कलेजो प्रत्यारोपण आफैमा जटिल हो र नेपालका लागि नौलो पनि त्यसैले हामीले प्रत्यारोपण गर्दै आएका विदेशी विशेषज्ञ चिकित्सकको निगरानीमा केही केश गर्न चाहन्छौँ ‘  डा श्रेष्ठले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *