इन्डियन मेडिकल एसोसिएसनको नयाँ रिपोर्ट : भारतका अधिकांश चिकित्सक तनावमा

एजेन्सी, १९ असार । भारतका ८३ प्रतिशत चिकित्सक आफ्नो पेशामा रहँदा सधै तनावमा रहने गरेको पाइएको छ । इन्डियन मेडिकल एसोसिएशन(आईएमए)ले भर्खरै सम्पन्न गरेको सर्भेक्षणबाट यस्तो जानकारी पाइएको हो ।

सर्भेक्षणका अनुसार करीब ४६ प्रतिशत चिकित्सकले आफूहरुमाथि हुनसक्ने हिंसाका कारण तनाव रहेको बताएका थिए । त्यस्तै २४ प्रतिशत चिकित्सकले बढ्दो हिंसा पछिको मुद्धामामिलामा फसिने हो कि भन्ने डर पलाएको बताएका थिए ।

चिकित्सा क्षेत्रमा व्याप्त समस्या र त्यसले चिकित्सक माथि पारेको असरका बारेमा जानकारी लिन गरिएको उक्त सर्भेक्षणमा अधिकांशको अधिकांश चिकित्सकले आफूहरुमाथि हुने हातपात र त्यसपछि अपराधीलाई जस्तो गरिने व्यवहारबाट चिन्तित रहेको बताएका थिए ।

करीब ५६ प्रतिशत चिकित्सकले त्यस्ता घटनाका कारण सातामा कति दिन पुरापुर रुपमा निदाउन समेत नसकेको बताएका थिए ।

यो सर्भेक्षण अनलाईन मार्फत १५ दिनमा सम्पन्न गरिएको थियो । जसमा १६८१ जना चिकित्सक सहभागी थिए । जसमा निजी ओपिडी, नर्सिङ होम, कर्पोरेट अस्पताल तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरु सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *