चिकित्सक संघले भन्यो, ‘मेरिट आधारमै भर्ना लिऔँ’

252
Shares

काठमाडौँ, १७ असार । नेपाल चिकित्सक संघले चिकित्साशास्त्र तर्फ एमडीएमएस तहको अध्ययनका लागि मेरिट लिष्टको आधारमा विद्यार्थी भर्ना गर्न सम्वन्धीत निकायको ध्यानाकर्षण गराएको छ ।

शनिबार विज्ञप्ती जारी गर्दै संघले तोकिएको शुल्क र मेरिट लिष्ट(योग्यताक्रम) को आधारमा विद्यार्थीको भर्ना लिन आग्रह गरेको हो ।
संघका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा गत बुधबार सर्वोच्च अदालतले दिएको आदेशको उल्लेख गर्दै सो आदेशको सम्मान गर्दै मेरिट लिष्ट र तोकिएको शुल्कमा भर्ना लिन आग्रह गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *