कान्तिपुरको नि:शुल्क शिविर मनमैजुमा, १५० को दन्त परीक्षण

काठमाडौँ, १२ असार । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलले काठमाडौँको मनमैजुमा निशुल्क दन्तस्वास्थ्य शिविरको आयोजना गरेको छ । आइतबार मनमैजु हेल्थ पोष्ट परिषरमा आयोजित उक्त स्वास्थ्य शिविरमा १५० बढीले दाँत तथा मुख स्वास्थ्य परीक्षण गराएका छन् ।
शिविरको नेतृत्व गरेकी डा स्मिता ढकालका अनुसार शिविरमा निशुल्क दन्त परीक्षण, किराले खाएको ठाँउमा भर्ने (डेन्टल फिलिङ) दाँत तथा गिजाको सफा गर्ने सहित मुख तथा दन्त स्वास्थ्स्य शिविरबारे जनचेतनामुलक कक्षा समेत सञ्चालन गरिएको थियो ।
उक्त शिविरमा आएकाहरुलाई आवश्यकताका आधारमा निशुल्क औषधि समेत वितरण गरिएको थियो ।
शिविरका लागि स्वास्थ्यचौकिका नर्स तथा अन्य स्टाफहरुले सहयोग गरेका थिए । कान्तिपुरले हरेक साता जस्तो विभिन्न स्थानमा गई दाँत स्वास्थ्यका बारेमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



