योग तथा आयुर्वेदको उत्थानमा लागे युवा विद्यार्थी

404
Shares

काठमाडौँ, १० असार । तेस्रो विश्व योग दिवसको अवसर पारी एकीकृत चिकित्सा विकास संस्था(आइएमडीएफ)ले विभिन्न स्कुलमा योग तथा आयुर्वेदको प्रबर्धनात्मकमुल सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ ।

आयुर्वेद क्याम्पस कीर्तिपुरका विद्यार्थीहरुको पहलमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई स्वस्थ् जीवनशैली साथै पूर्वीइ सभ्यताको महत्व, योग र आयुर्वेदले गर्ने स्वास्थ्य रक्षाको बारेमा प्रस्तुति गरिएको थियो ।

‘डे टु डे आयुर्वेद’ नाम दिइएको उक्त अभियानले आयुर्वेदको सम्यक ज्ञान साथै विसंगति हटाउने उदेश्य रहेको अभियानका संयोजक तथा आयुर्वेद क्याम्पसका छात्र सुमन खनालले जानकारी दिए ।

आइएमडीएफ संस्था एकीकृत चिकित्साको अवधारणा रहेको एक मात्र संस्था हो । जसले स्वास्थ्य क्षेत्रमा मृथक अवधारणाले योगदान पुरयाउँदै आएको कुरा सो अभियानकी सह संयोजक सुभेच्छा लामिछानेले बताइन ।

उक्त अभियानले एक सातामा उपत्यका र चितवनमा गरि चार विद्यालयमा कार्यक्रम गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *