हैजाबाट एघार सय भन्दा बढीको मृत्यु

0
Shares

साना, ६ असार । युद्धग्रस्त देश यमनमा हैजाबाट १ हजार १४६ को मृत्यु भएको मङ्गलबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मङ्गलबार सार्वजनिक गरेको यस प्रतिवेदनअनुसार गत अप्रिल २७ बाट सुरु भएको यस हैजाको प्रकोपबाट १ हजार १४६ जनाको मृत्यु भएको छ ।

साथै यस प्रकोपबाट अरु १ लाख ६६ हजार ९७६ जना प्रभावित भएका थिए । ती विरामीहरु अधिकांश उपचारपछि घर फर्किएका छन् भने अरु केही उपचाररत छन् ।

हाल सरकारको अधिनमा रहेको रहेका यमनका २३ प्रान्तहरु मध्ये २० वटामा भएको यस प्रकोप फैलिएको विश्व स्वास्थ्य संगठनले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।

गत अप्रिल २७ देखि हालसम्म २० वटा प्रान्तमा भएको यो प्रकोप उच्च गतिमा फैलएिको बताइएको छ ।

यस महिनाको सुरुमा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले दुई हप्तामा यस रोगबाट प्रभावितहरुको संङ्ख्या १ लाख ३० हजार पुग्ने अनुमान गरेको थियो ।

तर गत महिना विश्व स्वास्थ्य संगठनले अगामी ६ महिनाभित्र यो संङ्ख्या ३ लाख पुग्ने बताएको थियो । अझै पनि यसको प्रकोप कम भएको छैन । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *