जापानीज इन्सेफ्लाईटिस रोग बिरुद्धको ‘जेई खोप’ आउँदै

348
Shares

काठमाडौँ ४ असार । एक महिना देखि अभाव देखिएको जापानीज इन्सेफ्लाइटिस रोगविरुद्धको खोप (जेई भ्याक्सिन) आज आइपुग्ने भएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका अनुसार चीनबाट आज दुई लाख भाईल खोप आइपुग्ने भएको हो ।

यसअघि पुरानो मौज्दात सकिएको र चीनबाट नयाँ खोप ल्याउने प्रक्रियामा समेत ढिलाई हुँदा जेई खोपको अभाव देखिएको थियो । जसका कारण झण्डै ६ लाख ६० हजार बालबालिका प्रभावित भएका थिए ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत आपुर्ति व्यावस्थापन महाशाखाका कोलचेन तथा खोप वितरण महाशाखा प्रमुख बढेबाबु थापाले जेई खोप आज आइपुग्ने बताए । उनले भने, ‘समयमै खरीद प्रक्रिया टुगिएको भएपनि चीनबाट ल्याउने प्रक्रिया लम्विएको र पुरानो स्टक समेत सकिएकोले केही समय खोपको अभाव जस्तो देखिएको थियो तर अब भोलबाट खोप वितरण भईहाल्छ ।’

इन्सेफ्लाइटिस रोगबाट जोगाउन १२ महिना पुगेका बालबालिकालाई दिइँदै आएको यो खोप लगाउने बालबालिकाको संख्या हाल नेपालमा छ लाख ६० हजार रहेको छ।

त्यसका लागि विभागले अहिले दुई लाखभन्दा बढी भाइल खोप ल्याउँदै गरेको प्रमुख थापाले बताए। ‘एक भाइलमा पाँच डोज खोप हुन्छ तर खोलेपछि पाँचवटा बच्चा भेटिएन भने त्यसै खेर जान्छु, उनले भने, त्यसैले हामीले १० लाख डोज जति ल्याउने गरेका छौँ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *