ग्राण्डी अस्पतालको ५३ प्रतिशत सेयर अब विदेशीको

2.2k
Shares

काठमाडौँ, ३ असार । धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा विदेशी लगानी भित्रने भएको छ । आज एक कार्यक्रमका साथ ग्राण्डीले अस्पतालको ५३ प्रतिशत सेयर एक विदेशी नागरिकलाई बेच्ने भएको छ ।

उक्त सेयर दुवईको आवुधावीमा रहेको एनएमसी हेल्थ केयर सेन्टरका अध्यक्ष डा बाभागुथु रघुराम (बीआर) सेठ्ठी लिने भएका हुन् ।
डा सेठ्ठी विश्वका धेरैवटा स्वास्थ्य संस्थामा लगानी गर्ने मध्येका पर्दछन् । उनी ग्राण्डीको बस्तुस्थिति अध्ययनसंगै लामो छलफल पछि नेपालमा लगानी गर्न इच्छुक भएका हुन् ।

‘उहाँले नेपाल आएर यहाँको सबै बस्तुस्थिति हेर्नुभयो, त्यसपछि मात्रै लगानीका लागि राजी हुनुभयो,’ अस्पतालका अध्यक्ष दीपक कुवँरले भने ।सेट्टी हिजो मात्रै आबुधावीबाट नेपाल आएका हुन् । शनिबार आज अस्पतालका अध्यक्ष कुवँर र सेठ्ठीबीच सम्झौता हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *