अस्पतालको छैटौँ तल्लाबाट खसिन नर्स, ज्यान गयो डाक्टरको

एजेन्सी कोलम्विया, २ असार । अस्पतालको छैटौं तल्लाबाट खसेकी नर्सले थिच्दा ग्राउण्ड फ्ल्लोरमा हिडदै गरेका एक डाक्टरको ज्यान गएको छ । नर्स भने बाँचेकी छन् ।

कोलम्बियास्थित काली शहरस्थित युनिभर्सिटी हस्पिटल डेल भेल्लाको छैटौ तल्लाबाट नर्स विद्यार्थी मारिया इजबेल गोन्जालेज खसेकी थिइन् । उनी सोही शिक्षण अस्पतालमा अध्ययनरत डाक्टर इज्वेल मुनोसमाथि ब्रजिएकी थिइन् ।

टाउकोमा गम्भीर चोट लागेका डा. मुनोसको उपचारकै क्रममा ज्यान गएको अस्पताल निर्देशकले बताएका छन् । ‘माथिबाट खसेकी नर्स विद्यार्थी गोन्जालेजको ‘मल्टिपल फ्याक्चर’ छ र अवस्था अहिले स्थिर छ तर डाक्टर मुनोसको भने मस्तिस्कमै चोट पुगेछ,’ अस्पतालका निर्देशक डा. जौन कार्लोस कोरालिजले भने, ‘उनलाई बचाउन सकिएन ।’

उनले घटनालाई दुखद भन्दै छानवीन अघि बढाइएको बताए । अहिले घटना कसरी भयो भनेर प्रहरीले छानवीन सुरु गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *