नेपालगञ्ज मेडिकल कलेज सञ्चालक डा. सुरेश कनोडियाको गाडी तोडफोड

नेपालगञ्ज, ३० जेठ । नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कनोडियाको गाडीमा तोडफोड भएको छ । नेपालगञ्ज उप महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवार दिने तयारीमा रहेका कनोडियाको गाडीमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन् ।यद्धपी तोडफोडका बेला डा कनोडिया भने गाडीमा थिएनन् ।

राजपाका कार्यकर्ताले बन्दको बेलामा गाडी चलाएको भन्दै तोडफोड गरेका हुन् । डा कनोडियाले खासै तोडफोड नभएको भन्दै गाडीमा सामान्य क्षति पुगेको बताए । ‘गाँडीमा म थिइन, कोही व्यक्तिलाई रिसिभ गर्न गाडी गुडेको थियो । राजपाको कार्यकर्ताले तोडफोड गरेछन् । गाडीको सामान्य सिसा फुटेको छ ‘ डा. कनोडियाले भने ।

उनले उम्मेद्धारीबाट विचलित भएकाहरुले तर्साउने उदेश्यले तोडफोड उत्रिएको बताए । प्रहरीले तोडफोडमा उत्रिएकाहरुलाई पक्राउ गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *