परीक्षणका लागि आएका २५ प्रतिशत पुरुषमा यौन दुर्वलता

काठमाडौँ, २७ जेठ । निशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका करीब २५ प्रतिशत पुरुषमा यौन दुर्वलताको समस्या पाइएको छ । उनीहरुमध्ये अधिकांश ४० बर्ष मुनिका युवा छन् ।

मध्यबानेश्वरस्थित लाइफ इन्टरनेशनल क्लिनिक, प्रोष्टेट फाउन्डेशन नेपाल र रौनियार ब्रदर्श वेलफेयर ट्रष्टको संयुक्त आयोजनामा शनिबार भएको निशुल्क स्वास्थ्य शिविरमा परीक्षणका लागि आएका ६० मध्ये १५ जनामा यौन दुर्वलता पाइएको हो ।

परीक्षणमा सहभागी युरोलोजिष्ट डा दीपक रौनियारले युवाहरुमा यौन दुर्वलताको अवस्था भयावह रुपमा पाइएको बताए । उनका अनुसार युवा तथा प्रौडहरुमा प्रोष्टेटको समस्या समेत बढेको बताए । परीक्षणका लागि आएका केही महिलाहरुमा पिसाव सम्वन्धी समस्या भएको बताए ।

शिविर सुरु हुनु अघि भएको एक औपचारिक कार्यक्रममा तीनवटै संस्थाका तर्फबाट बरिष्ठ युरोलोजिष्ट डा भोलाराज जोशी, बरिष्ठ पत्रकार दुर्गानाथ शर्मा र समाजसेवी लक्ष्मण राजवंशीलाई सम्मान गरिएको थियो ।

रौनियार वेलफेयर ट्रष्टका कोषाध्यक्ष श्याम रौनियारले खाँदा र मायाको चिनो सहित सम्मान गरेका थिए । सो अवसरमा बोल्दै कोषाध्यक्ष रौनियारले समाजमा उत्कृष्ठ कार्य गरि पहिचान बनाएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

स्वास्थ्य शिविरमा डा रौनियार सहितको टोली दिउसो तीन बजेसम्म खटिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *