बारमा वकिलका आँखा परिक्षण

0
Shares

काठमाडौँ, २६ जेठ । वकालत गर्न हतारहतार इजलासमा जाने र बहस गर्न भ्याइनभ्याई हुने वकिलहरुलाई आज सर्वोच्च अदालत बार एसोसिएसनले आँखा परीक्षणको व्यवस्था ग¥यो ।

नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको सहयोगमा सर्वोच्च अदालत बारले आयोजना गरेको आँखा परीक्षण कार्यक्रममा २०० कानुन व्यवसायीले आफ्नो आँखा परीक्षण गरेको सर्वोच्च बारका सचिव विष्णु लुँईटेलले जानकारी दिए ।

सो अवसरमा वरिष्ठ अधिवक्ता हरिहर विरही, महादेव यादव, गुरुप्रसाद बराल, रविनारायण खनाललगायतले आँखा परीक्षण गराई लाभ लिए ।

सचिव लुँईटेलका अनुसार वकिल भएपछि निरन्तर अध्ययन गर्नुपर्ने भएको हुँदा आँखामा समस्या हुने भएकाले आफ्नो स्वास्थ्यप्रति ध्यान दिन सचेतनाका लागि सो कार्यक्रम राखिएको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *