भेनस हस्पिटलको फार्मेसीमा सरकारको सिलबन्दी

काठमाडौँ, २३ जेठ । सरकारी अनुगमन टोलीले मध्यबानेश्वरमा रहेको भेनस हस्पिटलको फार्मेसी सिलबन्दी गरेको छ । लामो समय देखि नबिकरण नगरी सञ्चालन गरेको र सरकारले तोकेको मूल्य भन्दा बढी मूल्यमा औषधि बेचेको पाएपछि फार्मेसीमा सिल गरिएको हो ।

अनुगमन टोलीको नेतृत्व गरेका आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागको शाखा अधिकृत श्रीप्रसाद अधिकारीले म्याद सकिएको ९० दिन भित्र नविकरण नगरे फार्मेसी खारेजी गरे बराबर हुने भन्दै भेनसले फार्मेसी नविकरण नगरेको त्यसभन्दा बढी अवधी भएपछि सिल गरिएको बताए ।

उनले फार्मेसीमा सरकारले तोकेको मूल्य भन्दा दोब्बर बढी मुल्यमा औषधि बेचिरहेको पाइएको, मनोद्धिपक औषधिहरुको रेकर्ड राम्ररी नराखेको, फार्मेसीमा लाइसेन्स होल्डर व्यक्ति समेत नभएको पाएपछि सिल गरेको जानकारी दिए ।

टोलीमा औषधि व्यवस्था विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधी सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *