विश्वकै होँचा खगेन्द्र गम्भीर बिरामी, आईसियुमा उपचार हुँदै

काठमाडौँ, २३ जेठ । विश्वकै होचो व्यक्तिको रुपमा एक समय विश्व रेकर्ड कायम राखेका खगेन्द्र थापा मगर गम्भीर विरामी भएका छन् । उनको सितापाइलास्थित मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पतालको आइसियुमा उपचार भईरहेको छ ।

चिकित्सकहरका अनुसार उनलाई छातीमा इन्फेक्सन देखिएको छ । रगतमा समेत इन्फेक्सक्सन (सेप्सीस) भएको अवस्था छ । उपचारमा सम्लग्न डा. खेमराज भुसालले छातीको इन्फेक्सन र सेप्सीसका कारण अवस्था गम्भीर भएको बताए । उनले खगेन्द्रमा रातो रगत( हेमोग्लोविन)को समेत कमी भएको समेत जानकारी दिए ।

डा. भुसालका अनुसार २५ बर्षका खगेन्द्रको तौल अहिले पनि ६ केजी मात्रै छ । बाग्लुङ गल्कोटका स्थानीय बासिन्दा उनी अहिले पोखरामा बस्दै आएका छन् ।

छातीमा समस्या भएपछि केही दिन अघि उनी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नदेखिएपछि उनलाई दुई दिन अघि काठमाडौँ ल्याइएको हो । उनको उपचारमा डा भुसाल सहित डा. सुनील चौधरी, डा. मिलन शाक्य, डा. दीपक पौडेलको टोली खटिएको छ । डा. भुसालले कम तौल र सानो शरीरका कारण खगेन्द्रको उमेर पाको भएपनि रोग प्रतिरोधी क्षमता कमजोर भएको बताए ।

संसारकै सानो व्यक्तिको रुपमा सन् २०१० अक्टुवरमा गिनिज विश्व रेकर्डको सूचीमा परेका खगेन्द्रको रेकर्डमा आठ महिना पछि ‘ब्रेक’ लागेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *