नवौँ तहमा बढुवाका लागि १८ जना चिकित्सक सिफारिस

काठमाडौँ, २३ जेठ । विभिन्न सेवा समूहका १८ जना चिकित्सक नवौँ तहका बढुवा हुने भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

त्यसरी बढुवाका लागि सिफारिस हुनेमा कन्सलटेन्ट जनरल फिजिसियन पदमा डा रेवतीरमण मल्ल, डा अनन्तभक्त उप्रेती, डा राजु बस्नेत, डा अमल बस्नेत र डा विश्वराज बराल रहेका छन् ।

त्यस्तै कन्सल्टेन्ट न्यूरोलोजिष्ट पदमा दुई जना मागिएपनि डा सुनिलराम कोइरालाको मात्रै सिफारिस भएको छ । कन्सल्टेन्ट कार्डियोलोजिष्ट पदमा डा कृष्णप्रसाद अधिकारी, कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्टमा डा रामदेव चौधरी बढुवाका लागि सिफारिस भएका छन् ।

उता कन्सल्टेन्ट सर्जन पदमा डा प्रकाश क्षत्री, डा रविनराज सिंह, डा बीरेन्द्रकुमार यादव, डा सुरेशराज पौडेल र डा रबि बस्ताकोटी सिफारिस भएका छन् ।

कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिकल सर्जनमा डा शरद पोखरेल र डा जैनेन्द्रकुमार चौधरी । त्यस्तै कन्सलटेन्ट रेडियोलोजिष्ट पदमा डा सुवज भट्टराई, डा गोपालप्रसाद खनाल, डा होमप्रसाद पन्त बढुवाका लागि सिफारिस भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *