‘धुर्मुस-सुन्तली फाउन्डेशन’लाई अल्का अस्पतालको २५ लाख

ललितपुर २२ जेठ । अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनको तेस्रो परियोजना नमुना नेपाल निर्माणमा २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।

राजधानीमा सोमवार आयोजित नमुना नेपाल निर्माणको अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दे अल्का अस्पतालका अध्यक्ष कुमार थापाले फाउण्डेसनको उक्त परियोजना निर्माणलाई २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरे ।

नेपाललाई विश्व सामु चिनाउन धुर्मुस सुन्तली फाउण्डेसनले शुरु गरेको परियोजनालाई सफल बनाउने अभियान अन्र्तगत आफुले उक्त रकम सहयोग गर्न लागेको अध्यक्ष थापाले बताए ।

“विगतमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा हामीले थुप्रै सहयोगका कार्यक्रम गरिसकेका छौ” अध्यक्ष थापाले भने, “तर नेपाललाई विश्व सामु चिनाएर समग्र नेपालीको शिर उचो पार्ने यस महान अभियानलाई एक नेपालीको तर्फबाट सफल पार्ने प्रयास स्वरुप सहयोग गर्न पाँउदा खुसी लागेको छ । ”

उक्त रकम फाउण्डेसनले माग गरे लगत्तै प्रदान गरिने थापाले बताए । कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोगको घोषणाप्रति धन्यवाद दिदै नमुना नेपालको परियोजनालाई सफल बनाउने अभियानमा उक्त रकमले ठुलो सहयोग पुग्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *