‘तीस प्रकारका औषधि आयातमा रोक लागिसकेको होइन’

काठमाडौँ, २१ जेठ । स्वास्थ्य मन्त्री गगन थापाले आयातित भन्दा सस्तो र उत्तिकै गुणस्तरीय औषधि स्वदेशी कम्पनीले उत्पादन गर्ने दावी गरेपछि ३० प्रकारका औषधिको आयातमा रोक लगाउन खोजिएको बताएका छन् । यद्धपी उनले रोक लगाउने अन्तिम निर्णय भइनसकेको स्पष्ट पारेका छन् ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जवाफ दिने क्रममा मन्त्री थापाले आयातकर्ताका कुरा र औषधि उत्पादकका कुरा आफूले राम्रोसंग बुझेको भन्दै जनतालाई सस्तो दरमा गुणस्तरीय औषधि उपलव्ध गराउने आफ्नो ध्येय रहेको बताए ।

‘मेरो एक मात्रै ध्येय भनेको जनताले सस्तो दरमा गुणस्तरीय औषधि पाउनुपर्छ भनेको हो । स्वदेशी उत्पादकहरुले हामी बाहिरबाट आउने औषधि भन्दा गुणस्तरीय र सस्तोमा उपलव्ध गराउँछौँ भन्नु भयो । त्यसो हो र त्यो स्वदेशी कम्पनीको प्रमोसन गर्नै पर्छ भन्ने लाग्यो र हामीले मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति लिएर काम अघि बढाएका हौँ । यद्धपी यसको अध्ययन गर्न समिति बनाइएको छ त्यसले दिने सुझावको आधारमा मात्रै अन्तिम निर्णय हुनेछ,’ मन्त्री थापाले भने ।

उनले नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीहरुलाई नेपालमै उद्योग खोल्न सुझाव दिए । औषधि आयातकर्ताहरुले भने स्वदेशका केही कम्पनीलाई  सिन्डिकेट लागू गर्न खोजेको भन्दै विरोध गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *