बैद्यखानाको यौनबर्धक औषधि बाजीकर शक्ति पुन: बजारमा

काठमाडौँ, २१ जेठ । सिंहदरबार बैद्यखानाले चार बर्ष पछि स्वास्थ्य र सुखद यौनजीवनका लागि अति प्रभावकारी मानिने आयुर्वेदिक औषधि बाजीकर शक्ति बजारमा ल्याएको छ । बाजीकर शक्तिको अति माग भएपनि गुणस्तरीय कच्चा पदार्थको अभाव हुँदा २०६९ साल देखि बन्द थियो ।

बैद्यखाना विकास समितिका प्रवन्ध निर्देशक डा राजेन्द्र गिरीले वाजीकर शक्तिको माग बजारमा धेरै हुँदाहुदै पनि गुणस्तरिय कच्चा पदार्थको अभावका कारणबीचमा बन्द गर्नुपर्ने बाध्यता रहेको भन्दै यसपटक पुन आवश्यक कच्चा पदार्थ जुटाएर उत्पादन गरिएको बताए ।

‘यसको उत्पादनका लागि कुनै एक जडिबुटी अभाव भए उत्पादन राम्रो हुँदैन’ डा गिरीले भने, ‘केहि जडिबुटीको अभाव भएकालेबीचमा यो उत्पादन बन्द भएको थियो, यो पटक हजार केजी उत्पादन गरेर बजार पठाइसकेका छौँ ।’

बैद्यखानाले बजार पठाएको बाजीकर शक्ति २५० ग्रामको प्याकमा उपलब्ध छ । यसोगन्धा, काउसो, मुसली लगायतका २८ देखि ३० प्रकारका जडिबुटी प्रयोग गरी बाजीकर निर्माण गरिन्छ ।

यसलाई दैनिक ५ देखि १० ग्रामसम्म प्रयोग गर्न सकिने डा गिरीले बताए । बैद्यखानाद्धारा उत्पादित औषधिमध्ये ‘वाजीकर शक्ति’ निकै लोकप्रिय उत्पादनको रुपमा परिचित छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *