डा. केसीको अनसन सोमबारसम्मका लागि स्थगित

काठमाडौँ, २० जेठ । आज अपरान्ह ४ बजे देखि आमरण अनसन बस्ने घोषणा गरेका डा गोविन्द केसीले आफ्नो अनसन थप दुई दिनका लागि स्थगित गरेका छन् ।

केही बेर अघि विज्ञप्ती जारी गर्दै उनले माग पुरा नभए सोमबारदेखि आफ्नो एघारौँ अनसन सुरु हुने बताएका छन् ।

यस सिजनमा मात्रै चार पटकसम्म अनसनका कार्यक्रम स्थगित गरिसकेका डा केसीले गत बुधबारको मन्त्रिपरिषदको बैठकले बी एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन दिने प्रक्रिया अघि बढाउने निर्णय गरेपछि आज देखि अनसन बस्ने घोषणा गरेका थिए । तर हिजोको बैठकले सम्वन्धन दिने प्रक्रिया खारेज गरेको खबर सार्वजनिक भएपछि पुन अनसनका कार्यक्रम ४८ घण्टाका लागि स्थगित गरेका हुन् ।

केही दिन अघिसम्म चिकित्सा शिक्षा विधेयक र प्रधान न्यायधीश सुशीला कार्की माथिको महाअभियोग खारेज हुनुपर्ने माग राखेका डा केसीले यसपटक केही नयाँ माग समेटेका छन् । उनले समेटेको नयाँ मागमा आइओएममा रिक्त सहायक डीन र क्याम्पस प्रमुखमा बरिष्ठताका आधारमा तत्काल नियुक्ति गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै विद्यार्थी भर्ना र शुल्क निर्धारणसम्वन्धी आइओएमबाट खोसिएका अधिकार तत्काल फिर्ता गर्नुपर्ने , स्नातकोत्तर तहमा विशुद्ध योग्यताक्रमका आधारमा शुल्क रु २३ लाख ५० हजार कायम हुने गरी भर्ना लिने व्यवस्था गर्नुपर्ने र आइओएमलाई तत्काल पूर्ण स्वायत्तता दिइयोस र थप स्वायत्तिता दिने सम्झौता विरुद्ध काम गर्ने त्रिवि पदाधिकारलिाई कारबाही गर्नुपर्नै उल्लेख छ ।

यसअघि उनले उठाएका चिकित्सा शिक्षा ऐन पारित नहुँदै नयाँ मेडिकल कलेजलाई सँवन्धनको सैद्धान्तिक सहमति निदे मन्त्रिपरिषदको निर्णय तत्काल खारेज गर्नुपर्ने र चिकित्सा शिक्षा ऐन तत्काल आफूहरुले दिएको सुझाव अनुसार पारित गर्नुपर्ने माग कायमै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *