सशस्त्र प्रहरी बल गुह्येश्वरी गणमा क्षयरोग शिविर

भक्तपुर, २० जेठ। दुवाकोटस्थित सशस्त्र प्रहरी बलको गुह्येश्वरी गणमा शुक्रबार क्षयरोगसम्बन्धी निःशुल्क खकार परीक्षण तथा क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको आयोजनामा सम्पन्न सो शिविरमा गणका जवान तथा अधिकृतको खकार परीक्षण गरिएको थियो ।
जिल्लालाई क्षयरोगमुक्त बनाउन लुकेका क्षयरोगी पत्ता लगाउने उद्देश्य पूरा गर्न विभिन्न क्षेत्र र समुदायमा क्षयरोगसम्बन्धी जनचेतना जगाउने र त्यहाँ भएका क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने अभियानअन्तर्गत गणमा शिविर सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

शिविरमा भक्तपुर अस्पतालका विश्वराम थापाले क्षयरोगको परिभाषा, लक्षण, क्षयरोग लाग्ने अवस्था र क्षयरोगको उपचारका बारेमा प्रशिक्षण दिएको कार्यक्रम संयोजक एवम् संस्थाका निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले बताए ।

शिविरमा डा रोजिना श्रेष्ठ, परिचारिका राजेश्वरी शिल्पकार, प्रभा श्रेष्ठ, ल्याब टेक्निसियन सङ्गीता श्रेष्ठ, सोमबहादुर पन्थ, सुनिता धौबन्जार र स्वयम्सेविका अम्बिका श्रेष्ठ र रमिला दृष्टिलगायतको प्राविधिक टोलीले आवश्यक सहयोग गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *