‘बीएण्डसी’को सम्वन्धन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौँ, १८ जेठ । सरकारले झापास्थित विएण्डसी मेडिकल कलेजको सम्वन्धन प्रक्रिया पुन अघि बढाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले उपत्यका बाहिरको मापदण्ड पुगेका मेडिकल कलेजको सम्वन्धन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

‘हिजोको बैठकले उपत्यका बाहिरका सम्वन्धन पाउने अवस्थामा पुगेका कलेजको लेटरअफ इन्टेन्ट ( एलओआई) नविकरण गर्ने निर्णय गरेको हो,’ प्रधानमन्त्रीका पुष्पकमल दाहाल(प्रचण्ड)का स्वकीय सचिव रमेश मल्लले भने, ‘त्यसबाहेक अरु निर्णय भएको छैन ।’

तर शिक्षा मन्त्रालय उच्च शिक्षा शाखाका प्रमुख सूर्यप्रसाद गौतमले सम्वन्धन दिन सकिने विषयको प्रस्ताव गएको जानकारी दिए । ‘हामीले प्रस्ताव त पठाएको हो तर निर्णय के भएको भन्ने बारेमा मलाई जानकारी छैन’, उनले भने ।

स्वकीय सचिव मल्लले भने उपत्यका भित्र तत्काल एलओआई नविकरण नगर्ने तर बाहिरको हकमा गर्ने गरि निर्णय भएको भन्दै सम्वन्धनकै रुपमा बुझ्न नमिल्ने बताए ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले हिजोको केही बैठकमा शिक्षाका निर्णयहरु भएको बताउदै विएण्ड सीको बारेमा भने केही खुलाउन चाहेनन् ।

यता बुधबारको बैठकमा आफूलाई जानकारी नदिएको भन्दै स्वास्थ्यमन्त्री गगन थापाले सामाजिक सञ्जालबाट टिप्पणी गरेका छन् ।

त्यसो त सरकारले चिकित्सा शिक्षा विधयेक पास नहुँदासम्म देशको कुनै पनि भागमा नयाँ मेडिकल कलेज सम्वन्धन नदिने गरी डा गोविन्द केसीसंग सम्झौता गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *