साढे तीन हजार स्कुले विद्यार्थीको नि:शुल्क मुटु परीक्षण

0
Shares

रसुवा १८ जेठ । विद्यालय तहका ३ हजार ४४० जना विद्यार्थीको मुटु परीक्षण भएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँबाट आएको चिकित्सकहरुको टोलीले मंगलबार र बुधबार गरी ती विद्यार्थीको निशुल्क मुटु परीक्षण गरेको हो ।

जिल्लाका तीन छुट्टा छुट्टै स्थानहरु धुन्चे, कालिकास्थान र बेत्राबतीमा राखिएको शिविरमा २२ वटा विद्यालयका विद्यार्थीलाई समेटिएका शिविरको नेतृत्व गरेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए ।

परीक्षणका क्रममा १८ जना बालबालिकालाई जन्मजात मुटुको समस्या पाइएको थियो । ती मध्ये ८ जनाको तत्काल अप्रेशन गर्नुपर्ने देखिएको डा. रेग्मीले बताए । उनका अनुसार थप उपचारका लागि उनीहरुलाई काठमाडौँ ल्याइदैछ र उपचार खर्च प्रतिष्ठानले बेहोर्ने समेत उनले जानकारी दिए ।

रसुवामा शिविरका लागि तीन जना विशेषज्ञ चिकित्सक सहित १२ जना स्वास्थ्यकर्मीको टोली रसुवा आएको थियो । टोलीले मुटुरोग सम्वन्धी जनचेतना अभिबृद्धी कार्यक्रम र विश्व धूमपान रहित दिवसमा समेत सहभागिता जनाएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *