नसर्ने रोग जोखिम नियन्त्रण गर्न निजी विद्यालयसंग सहकार्य

काठमाडौँ, १७ जेठ ।सरकारले नसर्ने रोगको जोखिम नियन्त्रण गर्ने अभियानमा निजी विद्यालयसंग सहकार्य गर्ने भएको छ । नसर्ने रोगको जोखिम न्युनिकरण गर्न गत बैशाख देखि सुरु गरेको मेरो बर्ष अभियानमा निजी विद्यालयसंग सहकार्य गर्ने भएको हो ।

विश्व धूमपान रहित दिवसको अवसरमा स्वास्थ्य सेवा विभागद्धारा बुधबार आयोजित कार्यक्रममा निजी विद्यालयहरुको संगठन ‘निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)संग समझदारी समेत गरेको छ ।

समझदारीपत्रमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्का र प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले हस्ताक्षर गरेका छन् ।

केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले समझदारीपत्रमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वस्थ बनाउन कम्तीमा एक निजी विद्यालयमा एकजना नर्स विद्यालयले राख्नुपर्ने, नर्सको तालिम लगायतका विषयमा सरकारले व्यवस्थापन गर्ने, विद्यार्थीहरुको स्वास्थ्य परिक्षणको लागि स्थानीय स्वास्थ्य संस्थाबाट सरकारले गराउने, कम्तिमा एक विद्यार्थी एक खेलका अनिवार्य व्यवस्था विद्यालयले गराउनुपर्ने, विद्यार्थीलाई आफ्नो स्वास्थ्यप्रति सजग गराउन विद्यालयले पहल गर्ने, विद्यार्थीलाई धुमपान तथा मध्यपानबाट टाढै राख्न सचेतनासम्बन्धि कार्यक्रमहरु गर्नुपर्ने, विद्यालयमा जंकफुड (पत्रुखाना) जस्तै चाउचाउ, विस्कुट, पिय पदार्थबाट बञ्चित गर्ने लगायतका बुदा रहेको जानकारी दिए ।

केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत कुञ्जप्रसाद जोशीले मेरो वर्ष अभियानमा समेटिएका पाँच विषय कार्यान्वयनका लागि नीजि विद्यालय र सरकारबीच समझदारी भएको जानकारी दिए ।उनले निजी विद्यालयले बालबालिकाहरुलाई स्वास्थ्य प्रर्वद्धन सम्बन्धि शिक्षा दिनुपर्ने, मेरो वर्ष अभियानका पाँच सन्देशलाई अविभावक समक्ष पु¥याउन सहयोग गर्नुपर्ने लगायतका विषय रहेको जानकारी दिए ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले अवको पुस्तालाई धुमपान तथा मध्यपानबाट टाढै राख्नको लागि सरकारले नीजि विद्यालयसंग पनि सहकार्य गरेको जानकारी दिए । उनले विद्यालय तहका बालबालिका तथा युवाहरुलाई अब धुमपान तथा मध्यपान निषेध गराउनु रहेको बताए ।
मन्त्री थापाले भने,“युवा तथा बालबालिकाहरु धुमपानको लतमा फसेनन भने भोलिको नेपाल समृद्ध हुनेछ ।” मन्त्री थापाले मेरो वर्ष अभियानलाई विभिन्न विश्वविद्यालयका कलेजहरुसम्म पु¥याइने जानकारी पनि दिए ।

थापाले स्थानीय चुनावमा विजय हाँसिल गर्ने प्रतिनीधिसंग पनि छलफल गरी उनले रहेको नगर, गाँउमा धुमपानमुक्त समाजको लागि पहल गर्ने काम भइरहेको जानकारी पनि दिए ।

प्याब्सन नेपालका अध्यक्ष विजय सम्बाहाम्फेले राम्रो कामको लागि सरकारसंग सम्झौता भएको भन्दै समझदारी तत्काल कार्यान्वयनमा ल्याइने जानकारी दिए ।अध्यक्ष सम्बाहाम्फेले समझदारी देशका ७३ जिल्लामा प्याब्सनले काम सुरु गर्ने जानकारी दिदै त्यसमा सरकारको सहयोगको समेत अपेक्षा गरिएको बताए ।

मेरो वर्ष अभियानका सन्देशहरुमा म रक्सी, चुरोट र सूर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परिक्षण गराउँछु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *