सिरडी साई मन्दिरमा अनसन बस्दै डा. गोविन्द केसी

0
Shares

काठमाडौँ, १४ जेठ । विगतका सम्झौँता कार्यान्वनय हुनुपर्ने तथा प्रधानन्यायधीश सुशीला कार्कीलाई लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने मुख्य माग राखी एघारौँ अनसन बस्न दाङ पुगेका डा गोविन्द केसीले केही बेरमा अनसन सुरु हुने बताएका छन् । घोराही स्थित सिरडी साई मन्दिर पुगिसकेका उनले चार बजे पछि अनसन सुरु हुने बताएका हुन् ।

शनिबार (हिजो) नै चार बजेबाट अनसन सुरु गर्ने तयारीमा रहेका डा केसीलाई स्वास्थ्य मन्त्री गगन थापाले समय मागेपछि एक दिनका लागि उनले अनसन स्थिगित गरेका थिए । ‘उहाँहरुले अघि २ बजेसम्मका लागि समय मागेको हो । अव ४ बजेबाट अनसन सुरु हुन्छ,’ डा केसीले टेलिफोनमा भने ।

राप्ती उपक्षेत्रीय अस्पतालमा अनसन बस्ने भनेर काठमाडाँैबाट हिडेपनि अस्पताल प्रशासनले स्थान उपलव्ध नगराएपछि उनी अस्पताल नजिककैको मन्दिर परिषरमा अनसन बस्न थालेका हुन् ।

‘यो ठाँउ पनि अस्पतालबाट नजिकै छ । यहि बस्ने प्रवन्ध भएको छ,’  मन्दिर परिषरमा पुगेका डा केसीले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *