महिनावारीबारे मौनता तोड्न उपत्यकामा साइकल -याली
काठमाडौं, १४ जेठ । ‘मौनता तोडौं र महिनावारीको बिषयमा कुरा गरौं’ भन्ने नाराका साथ एक्सपोज नेपालले शनिबार एक बृहत साइकल -यालीको आयोजना गरेको छ । मे २८ तारिखका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा आयोजित उक्त -यालीमा करिव दुई सय पचासभन्दा बढी साइकल यात्रीको सहभागीता रहेको थियो ।
बसन्तपुरबाट शुरु भई कान्तिपथ, कमलादी, पुतलीसडक, माइतीघर मण्डला, कुपन्डोल हुँदै मंगलबजारमा गएर टुंगिएको -यालीमा ब्यवसायिक र सौखिन साइकल यात्रीदेखि स्टाफ नर्स, ब्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधीलगायतका ब्यक्तिको सहभागीता रहेको थियो ।
-यालीका सहभागीहरुले ‘हरेक पुरुष बन्छ जिम्मेवारी जब बोल्छ स्वस्थ महिनावारी’, ‘स्वस्थ महिनावारी हामी सबैको कर्तब्य हो’, ‘स्वस्थ महिनावारी हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर महिनवारी सम्बन्धि चेतना जनमानसमा फैलाए ।
नेपाल साइकल संघको प्राविधीक सहयोगमा भएको -यालीमा साइकलिङमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त संस्था कोराको पनि समर्थन रहेको थियो ।
महिनावारीका बारेमा चेतना जगाउनका लागि विभिन्न खाले कार्यक्रम हुने गरे तापनि पुरुषको समेत सहभागितामा अझै बढी जनतामाझ महिनावारी सचेतना फैलाउने उदेश्यले -याली आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले बताए ।
सामाजिक अधिकारकर्मीका रुपमा यस वर्षको ओस्कार अवार्ड विजेता एवं गत वर्ष एनपीस अवार्डको मनोनयनमा परेका महर्जनले नेपाली समाजमा महिनावारीलाई पाप होइन यो एक प्राकृतिक प्रक्रिया हो भन्ने सन्देश प्रवाह गर्न पुरुषले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिए ।
मंगलबजारमा गएर टुंगिएको ¥यालीमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका राष्टिय अध्यक्ष राजेन्द्र अर्यालले महिनावारी हुँदा बढी आराम चाहिने बेलामा गाउँका महिलाले घरधन्दा गर्नु हुँदैन भन्दै घाँस दाउरा र खेतिपाती गर्न पठाइने हुनाले यस्ता खालका जनचेतनामुलक अभियान गाउँगाउँसम्म पुर्याउनुपर्ने विचार राख्नुभयो ।
त्यसैगरी काठमाडौं मोडेल हस्पिटल स्कुल अफ नर्सिंगकी प्रिन्सिपल सानु तुलाधारले आफूले नबुझुन्जेल परिवारमा भनिएअनुसार महिनावारी बार्ने गरे तापनि नर्सिंग विषय पढेर यो एक शाररीक प्रक्रिया मात्रै हो भन्ने बुझे पछि आफूले पनि बार्न छाडी अरुलाई समेत यस विषयमा चेतना दिने काममा लागि बताइन् ।