पशु चिकित्सा परिषदको अध्यक्षमा डा. सीताराम अर्याल नियुक्त

0
Shares

काठमाडौँ, ९ जेठ । सरकारले पशु चिकित्सा परिषदको अध्यक्षमा डा. सीताराम अर्याललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा डा. अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही बैठकले परिषदको रिक्त रजिष्टार पदमा डा. नारायणप्रसाद घिमिरे र सदस्यमा डा. स्वयंप्रकाश श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

अध्यक्षमा नियुक्त भएका डा. अर्याल र सदस्यमा नियुक्त भएका डा. श्रेष्ठ यसअघिको कार्यसमितिको सदस्य थिए । रजिष्टार घिमिरे भने यसअघि पनि सोही पदमा थिए ।

गत १ चैतमा चार बर्षे पदावधि सकिएका उनलाई सरकारले सोही पदमा पुर्न दोहोरयाएको हो । यसअघिका अध्यक्ष डा. धनराज रतालाको पदावधी ७ चैतमा सकिएपछि परिषद नेतृत्व विहीन भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *