पशु चिकित्सा परिषदको अध्यक्षमा डा. सीताराम अर्याल नियुक्त

काठमाडौँ, ९ जेठ । सरकारले पशु चिकित्सा परिषदको अध्यक्षमा डा. सीताराम अर्याललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा डा. अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही बैठकले परिषदको रिक्त रजिष्टार पदमा डा. नारायणप्रसाद घिमिरे र सदस्यमा डा. स्वयंप्रकाश श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

अध्यक्षमा नियुक्त भएका डा. अर्याल र सदस्यमा नियुक्त भएका डा. श्रेष्ठ यसअघिको कार्यसमितिको सदस्य थिए । रजिष्टार घिमिरे भने यसअघि पनि सोही पदमा थिए ।

गत १ चैतमा चार बर्षे पदावधि सकिएका उनलाई सरकारले सोही पदमा पुर्न दोहोरयाएको हो । यसअघिका अध्यक्ष डा. धनराज रतालाको पदावधी ७ चैतमा सकिएपछि परिषद नेतृत्व विहीन भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *