किन अभाव हुन्छ सिटामोल ? खरीद नै दश गुणा कम

काठमाडौँ, ५ जेठ । सरकारले कडा रोगका समेत गरी ७० प्रकारका औषधि निशुल्क बाँढ्ने घोषणा गरिरहँदा कतिपय जिल्लामा सिटामोल समेत नभएको समाचार आउने गर्दछन् । केन्द्रले भने त्यस्ता समाचारको तत्कालै खण्डन गर्ने गर्दछ ।

तर सरकारकै एक जिम्मेबार अधिकारीले भने सिटामोल अभाव हुनसक्ने र त्यसको कारण समेत खुलासा गरेका छन् । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा भिम सिंह तिंकरीले बर्षमा १० करोड बढी चक्की सिटामोल चाहिने भएपनि सरकारले एक करोड मात्रै खरीद गर्ने भएपछि अभाव हुनसक्ने बताएका हुन् ।

‘यसपटक थाह भयो खासमा हामीलाई १० करोड सिटामोल चाहिने रहेछ तर हामीले एक करोड थान मात्रै खरीद गर्दै आएका छौँ । यसले कतिपय जिल्लामा कतिपय समयमा अभाव हुनसक्छ,’ डा. तिंकरीले भने ।

बर्षमा कति सिटामोल चाहिन्छ भन्ने यकिन विवरण नआएकै कारण यस्तो समस्या भएको समेत उनले बताए । ‘यसपटक हामीले त्यो तथ्यांक प्राप्त गरेका छौँ । यद्धपी १ करोड ट्यावलेट सिटामोलका लागि मात्रै टेन्डर भएको छ’ उनले भने ।

सरकारले यसपटक देखि सिटामोल जस्ता अत्यावश्यक औषधिहरु ५ लाखसम्म सोझै खरीद गर्न सकिने व्यवस्था मिलाएकोले अभाव नै हुने अवस्था भने अव नहुने उनले ठोकुवा गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *