औषधि आयातमा रोक लगाउन खोजिएको भन्दै ‘एमआर’द्धारा आपत्ति

काठमाडौँ, ४ जेठ । सरकारले ३४ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयको बिरोधमा नेपाल मेडिकल एण्ड सेल्स रिप्रिजेन्टेटिभ एसोशिएस समेत आन्दोलित भएको छ । एसोशिएसनले विहीबार औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीलाई मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा गत २६ बैशाखको मन्त्रिपरिषदको बैठकले ३४ प्रकारको औषधिहरु आयात गर्न पूर्ण प्रतिवन्ध लगाएको एसोशिएसनको दावी छ ।

नेपालमै उत्पादित औषधिको तुलनामा गुणस्तरमा कुनै कमी नभएको बरु नेपाली औषधि भन्दा सस्तो दरमा औषधि उपलव्ध गराएको भन्दै एसोशिएसनले विश्व व्यापार संगठन डव्लुटीओ, साफ्टा, तथा विमेस्टेक जस्ता अन्तराष्ट्र्रिय संगठनको समेत पक्षराष्ट्र भएको सरकारको निर्णय प्राकृतिक न्यायको सिन्द्धान्त विपरीत भएको दावी गरेको छ ।

यता स्वास्थ्य मन्त्री गगन थापाले भने प्रतिवन्ध लगाउने कुनै निर्णय नभएको दावी गरेका छन् । ‘आयातित औषधि निकै नै महंगो भएको गुनासा र प्रमाणहरु हामीसंग छन् । त्यसको आधारमा हामीले केही कदम चाल्न खोजेका हौँ । अर्को कुरा स्वदेशी उद्योगले नै प्रमोशन गर्नुपनि राज्यको कतव्र्य हो । त्यसतर्फ पनि छलफल अघि बढाएको हो । तर ढुंगोमा पुगिसकेका छैनौँ’ मन्त्री थापाले भने ।

सरकारले औषधिमा प्रतिवन्ध लगाउने निर्णयको विरोधमा यसअघि नेपाल औषधि आयातकर्ता संघ(मियान)ले समेत आन्दोलनको घोषणा गरेको छ । उसले गत सोमबार मात्रै औषधि व्यवस्था विभागमा मुखमा कालोपट्टी बाधी धर्ना दिएको थियो । उसले आयातित औषधिमा २ हजार २ सय प्रतिशत सम्म नाफा लिने गरेको भन्ने स्वास्थ्य मन्त्री गगन थापाको ट्वीट प्रति आपत्ति जनाएको छ ।

मियानका महासचिव पवन आचार्यले यसअघि नै स्वास्थ्य मन्त्रीको ट्वीट प्रति आपत्ति जनाउँदै २ हजार २ प्रतिशत नाफा लिएको प्रमाणित गर्न चुनौती दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “औषधि आयातमा रोक लगाउन खोजिएको भन्दै ‘एमआर’द्धारा आपत्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *