अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सामग्रीमा कर छुटको तयारी

काठमाडौँ, ४ जेठ । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्रीहरुको मूल्य सहज बनाउन कर छुटको व्यवस्था सरकारलाई अपांगता सरोकारवालाहरुले सुझाव दिएका छन् । सरकारले सोही सुझाव अनुसार तयारी थालेको जनाएको छ ।

अपाङ्गता व्यवस्थापन ( रोकथाम, उपचार तथा पुनस्र्थापना) नीति रणनीति तथा १० बर्षे कार्ययोजना २०७३-२०८२ को सार्वजनिककरण समारोहमा स्वास्थ्य मन्त्री गगन थापाले सो कुरा बताएका हुन् ।

‘हामीसंग समय धेरै छैन, तपाईँहरुले प्रयोग गर्ने सहायक सामग्री के के हुन्, कहाँबाट आउने गर्दछन् । कति मूल्य पर्दछ । कर कति लाग्ने गरेको छ ? त्यो लिष्ट दिनुस हामीले त्यसबाट कर छुटको व्यवस्था गराएर मूल्यमा सहजता ल्याउने प्रयास गर्दछौँ ‘ कार्यक्रममा उपस्थित अपाङ्गता समूहका प्रतिनिधीसंग मन्त्री थापाले भने ।

उनले सुर्ती जन्य पदार्थ, मदिरा, तथा अन्य गुलियो पेय पदार्थहरुको कर बढाउने प्रस्ताव स्वास्थ्यबाट जाँदै गरेको भन्दै त्यसैबेला अपांग व्यक्तिले प्रयोग गर्ने सहायक सामग्रीहरुको आयातमा कर छुटको प्रस्ताव गर्ने बताए ।

उनले विभागका महानिर्देशक र कुष्ठरोग नियन्त्रण महाशाखाका प्रमुखलाई भोलीसम्म लिष्ट उपलव्ध गराउन समेत निर्देशन दिए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले अपाङ्गताको क्षेत्रमा मन्त्रालयले काम अघि बढाईरहेको भन्दै मेरो बर्ष अभियानबाट समेत यसमा थप कामहरु अघि सार्ने बताए ।उनले यस आर्थिक बर्षभित्र स्वास्थ्य सेवा विभागका पुरै कार्यालय अपांङ्गमैत्री हुने दावी गरे ।

कार्यक्रममा महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रन्जु झाले अपाङ्गता सम्वन्धी कानून उत्कृष्ठ बनेको भन्दै यसको कार्यान्वन हुनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चुडामणी भण्डारीले तयार पारेको १० बर्षे कार्ययोजनाको प्रस्तुति गरेका थिए । उनले भावि योजना महाशाखाले गर्नुपर्ने काम, मन्त्रालयले गर्नुपर्ने सहयोग आदिका बारेमा प्रस्तुति राखेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *