पीजीको भर्ना शुल्क बढाउन खोजिएको भन्दै विद्यार्थीद्धारा आपत्ति

काठमाडौँ, २ जेठ । त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तहको अध्ययन शुल्क बढाउने प्रपन्च रचेको भन्दै विद्यार्थीहरुले आपत्ती जनाएका छन् । उनीहरुले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको फ्याकल्टी बोर्डले तोकेको २७ लाख रुपैयाँ भन्दा बढी सिफारिस गरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, नेपाल स्टुडेन्ट युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिकारीका अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन् ।

आइओएमको स्नातकोक्तर भर्ना शुल्क निर्धारण उचित रहेको जनाउँदै विद्यार्थी संगठनहरुले यसको विरुद्ध त्रिविले समिति गठन गरेर विद्यार्थी भर्ना कार्यक्रम प्रभावित हुने र चर्को शुल्क लिने नियतले तिन सदस्यीय समिति गठन गर्दै भर्ना अवधिलाई तीन साता लम्व्याइएको दाबी गरेको छ । उनीहरुले त्रिविको यो कदम प्रति आपत्ति समेत प्रकट गरेका छन् ।

एनआरडीएका अध्यक्ष डा लिजन महर्जनले शुल्क तोक्ने आईओएमको क्षेत्राधिकार माथि त्रिविले हस्तक्षेप गर्न खोजेको भन्दै नयाँ समिति गठन गर्नु त्यसको संकेत भएको बताए । उनले आईओएमले निर्धारण गरे भन्दा विपरीत शुल्कको प्रस्ता

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *