स्वास्थ्यको १२औँ तहमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस

13.9k
Shares

काठमाडौँ, २ जेठ । स्वास्थ्य मन्त्रालयमा रिक्त तीनवटा प्रमुख विशेषज्ञ पद(१२ औँ तह)मा बढुवा गर्न पाँच जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य सेवा ऐन अनुसार गठित बढुवा समितिको सोमबार बसेको बैठकले पाँच जनामध्येबाट तीनजना छनौट गर्न नाम मन्त्रीपरिषद पठाएको हो ।

मन्त्रालय स्रोतका अनुसार बढुवाका लागि पठाइएका नामहरुमाा बीर अस्पतालका बरिष्ठ पेटरोग विशेषज्ञ डा. दिनेश श्रेष्ठ, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. पुष्पा चौधरी, कान्ति बाल अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा. विनोदमान श्रेष्ठ रहेका छन् ।

त्यस्तै कोशी अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. रोशन पोखरेल र मन्त्रालय अनुगमन शाखाका सहसचिव डा. दीपेन्द्ररमण सिंहको नाम समेत पठाइएको छ ।

समितिले बढुवाका लागि कार्यसम्पादन मुल्यांकन सबै अंक जोडेर पठाएको बताइएको छ । ‘त्यस आधारमा सबैभन्दा बढी अंक डा दिनेश, दोस्रोमा डा पुष्पा र तेस्रोमा डा विनोद नै हुनुहुन्छ,’ मन्त्रालय स्रोतले भन्यो ।

लोकसेवा आयोगको अध्यक्ष प्रमुख रहने बढुवा समितिमा मुख्य सचिव, विषयविज्ञ, लोकसेवा प्रतिनिधि सहित मन्त्रालयका सचिव सदस्यसचिव रहने प्रावधान छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *