गोरखा र नवलपरासीमा सय बर्ष नाघेका दुई बृद्धद्धारा मतदान

0
Shares

 

काठमाडौँ, ३१ बैशाख । संघीय संरचनामा गएपछि भएको पहिलो चरणको स्थानीय एक सय बर्ष नाघेका दुई बृद्धहरु मतदान गर्नु भएको छ ।

पछिल्लो खवर अनुसार प्रदेश नम्बर चार अन्तर्गत गोरखा नगरपालिका १० स्थित चन्द्र ज्योति विद्यालय मतदान केन्द्रमा १०५ बर्षीय बृद्ध नन्दबहादुर पौडेलले मतदान गर्नु भएको हो । केही बेर अघि सुरु भएको मतदानमा उहाँले पहिलो मतदाताको रुपमा मतदान गर्नु भएको निर्वाचन अनुगमनमा खटिएका  शिवराम न्यौपानेले बताए ।

उता नवलपरासीस्थित गैडाकोट नगरपालिका ८ का १०४ बर्षीय भुमिश्वर सापकोटाले पनि केही बेर अघि मतदान गर्नु भएको छ । गैडाकोटस्थित कालिका मतदान केन्द्रबाट उहाँले पहिलो मतदान गर्नु भएको हो ।

सैगरी स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गरी निर्वाचन सुरु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *