नोवेल मेडिकल कलेजमा सल्यक्रिया गरि २० किलोको ट्युमर झिकियो

मोरङ, ३० वैशाख । विराटनगरमा रहेको नोेबेल अस्पतालले २० किलोको ट्युमर भएको व्यक्तिको सफल शल्यक्रिया गरेको छ ।

अस्पतालले सुनसरीको दुहवी–१ का मोहम्मद इस्ताकको कानको पछाडिको भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका वरिष्ठ न्युरोसर्जन डा आइप चेरियन नेतृत्वको टोलीले इस्ताकको ट्युमरको सफल शल्यक्रिया गरेको र यस्तो शल्यक्रिया कमैको हुने गरेको शुक्रबार जानकारी दिए । उनले यस्ता शल्यक्रिया गर्नका लागि धेरै मेहनत गर्नुपर्ने भएकाले पनि यो शल्यक्रिया जटिल प्रकृतिको रहेको उल्लेख गरे।

यस्ताखालका ट्युमरले हड्डीमा असर गर्ने तथा नसा धेरै हुने र त्यसलाई व्यवस्थापन गर्दै शल्यक्रिया गरिएको डाक्टर चेरियन बताउ्छन् । विगत पाँच वर्षदेखि सामान्य काँठोजस्तो देखिएकोमा विगत एक वर्षदेखि उक्त गाँठो बढ्दै जाँदा २० किलोसम्म भएको इस्ताकले जानकारी दिए। उनले एकाएक बढ्दा आफूलाई डर लागेर अस्पताल आउँदा समस्याको रुपमा देखिएपछि शल्यक्रिया गरिएको बताए ।

आर्थिक अवस्था कमजोर रहेका बिरामीका लागि यो मुख्य समस्याका रुपमा रहने भएकाले शल्यक्रिया गर्न पनि समस्या हुने गरेको छ । चिकित्सकका अनुसार रक्तनशासँग जोडिएकाले पनि ५० प्रतिशत खतराको अवस्थामा रहेको थियो । तर गर्दै जाँदा समस्यालाई समाधान गर्न सकेकोमा चिकित्सकले अर्को सफलता हात परेको बताएक छन्। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *