सर्पले डस्दा किशोरको मृत्यु

डोटी, २५ वैशाख । सर्पले डस्दा आज डोटीमा एक जनाको ज्यान गएको छ ।

सर्पले डस्दा दिसी नगरपालिका– २ तिखाका १८ वर्षीय वली भुलको मृत्यु भएको हो । घरको भुइँतलामा सुतिरहेको बेला उनलाई सर्पले डसेको थियो ।

सर्पले डसेपछि भुललाई ढिला गरी उपचारका लागि अस्पताल पु¥याउँदा ज्यान बचाउन नसकिएको सुजङ अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले बताए । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *