केमसानमा नयाँ कार्य समिति, अध्यक्षमा सुरेश घिमिरे

148
Shares

काठमाडौँ, २३ बैशाख । स्वास्थ्य उपकरण, सर्जिकल तथा केमिकल वितरकहरुको संस्था केमिकल एन्ड मेडिकल सप्लाएर्स एसोसिएसन अफ नेपाल (केमसान)मा नयाँ कार्यसमिति चयन भएको छ।

राजधानीमा हिजो सम्पन्न केमसानको ११ औँ साधारण सभाले  स्वान इन्टरनेशनलका सुरेश घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा उमेश लामिछाने, उपाध्यक्षमा रामशरण भण्डारी, महासचिवमा सिताराम कार्की, सचिवमा पुरुषोत्तम भट्टराई र कोषाध्यक्षमा विनोदकुमार मानन्धर चयन भएका छन्।

यसैगगरी, सदस्यहरुमा प्रल्हाद गौतम, अर्जुन रायमाझी, पुण्यप्रसाद नेपाल, दीपक शर्मा, समिर मरहठ्ठा, निर्मल रेग्मी र शैलेस कँडेल चयन भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *