‘नर्सको तलव राज्यले तोकेको न्युनतम दर भन्दा पनि थोरै ?’
काठमाडौँ, २२ बैशाख । नेपाल नर्सिङ संघले विरामीको सेवामा रातदिन खटिने दक्ष नर्सहरुको तलव राज्यले तोकेको न्युनतम बेतन भन्दा पनि कम हुने गरेको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराएको जनाएको छ । संघका अध्यक्ष प्राध्यापक तारा पोखरेलले निजी क्षेत्रका अस्पताल तथा नर्सिङ होमले राज्यले तोकेको न्युनतम दर भन्दा पनि कममा काम लगाउने गरेको ध्यानाकर्षण गराएकी हुन् ।
अन्तराष्ट्रिय मिडवाईफ्री दिवसको अवसरमा मिडवाईफ्रि सोसाईटी अफ नेपाल मिडसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले अस्पताल र नर्सिङहोमका सञ्चालकहरुलाई जिम्मेबार हुन आग्रह गरिन् । ‘राज्यले न्युनतम तलव ९ हजार तोकेको अवस्था छ तर नर्सहरुको तलव अहिले पनि आठ हजार छ । के यो न्यायोचित हो ? यति लगानी गरेर यतिका बर्ष पढेर दक्ष स्वास्थ्यकर्मीको उपमा पाएकाहरुको श्रमको मूल्य जम्मा ८ हजार ?’ उनले प्रश्न गरिन ।
‘नर्सहरुलाई अहिले पनि कतिपय स्वास्थ्य संस्थामा भोलेन्टियरको रुपमा राख्ने गरेको पाइएको छ । तलव दिएकाहरुले पनि अति नै कम न्युनतम भन्दा पनि कम तलव दिने गरेका छन् । यस्तासंस्थालाई राज्यले कारबाहीको दायरामा ल्याउनुपर्छ । अस्पतलाहरुको मापदण्ड हेर्दै गर्दा नर्स विरामी रेसियो, तलवको रेसियो पनि हेर्नुपर्छ,’ उनले भनिन् ।
उनले मासिका पदमा जागिर खाएकाहरुलाई अनमीको पदनाम दिएको भन्दै राज्यले विना लाईसेन्सका नर्सहरुबाट काम गराईरहेको आरोप लगाइन् । सेवा अवधीको आधारमा तलव बढाउन ककिएला तह पनि बढाउन सकिएला तर पदनाम दिन हुँदैन मिल्देन ।
लामो समयपछि देशमा मिडवाईफ्रि विषयको पढाई हुन थालेको भन्दै नर्सको जस्तो बेरोजगारी हुनुपर्ने अवस्था नल्याउन राज्यले अहिले देखिनै तयारी थाल्नुपर्ने बताइन् ।
मिडसनका अध्यक्ष प्राध्यापक किरण बज्राचार्यले लामो प्रयासपछि नेपालमा मिडवाईफ्रि विषयको अध्ययन हुन थालेको भन्दै मिडवाई फ्रिहरुको व्यवस्थापनका लागि राज्यले नीति बनाउनुपर्ने बताइन् । उनले दक्ष प्रसुतिकर्मी उत्पादन भएपछि मात्रै मातृ तथा शिशु मृत्युदरमा कमी हुने दावी गरिन् ।
कार्यक्रममा सहभागीहरुले मिडवाईफहरुको महत्वको बारेमा बोलेका थिए ।
सम्पर्क इमेल : [email protected]
anYaye garnu auta hadh hunxa..even nurse ko matra navai Helth assistant padhni ani AHW padhni and ANM sabai lai yesto samasya xa..kati paye ta padhera sakayo ani jagir napayera pesa nai change garekdam pani dherai udaharan xa..gov.le khoi hereko production jati ni garexan tesko sadupayog khoi vako..