आरक्षणको विरोधमा ५ विद्यार्थी संगठनद्धारा आन्दोलनको घोषणा

काठमाडौँ, २० बैशाख । आफूहरुको विरोधका बापजुत चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले स्नातकोत्तर तह(पीजी)मा आरक्षण कोटा लागू गरेको भन्दै महाराजगञ्ज क्याम्पसका चारवटा विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् । मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

विज्ञप्ती जारी गर्नेहरुमा नेशनल रेसिडेन्ट डक्टर एसोशिएसनका अध्यक्ष डा लिजन महर्जन, एनएमएसएसका अध्यक्ष डा प्रियंका शाही, नेवि संघका अध्यक्ष सन्तोष उपाध्याय, अनेरास्ववियूका अध्यक्ष डा विनोद खनाल र अखिल क्रान्तिकारीका अध्यक्ष बसन्त शर्मा पौडेल छन् ।
चिकित्साशास्त्र जस्तो संवेदनशील शिक्षाको स्नातकोत्तर तहमा विपन्न महिला तथा आदिवासी जनजाती समूहको नाममा आरक्षण प्रणाली भित्रउने प्रयास गरेको भन्दै उनीहरुले विरोध गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘चिकित्साशास्त्र जस्तो संवेदनशील शिक्षाको स्नातकोत्तर तहमा यसप्रकारको आरक्षणले विपन्नताको परिभाषामा नै प्रश्न चिन्ह खडा गरेको छ । हामी विद्यार्थीहरुको मागको वेवास्ता गर्दै पद र शक्तिको प्रयोग गरी समस्त मागलाई तुहाउन खोजिएकोले यसको घोर भत्सर्ना गर्दै आजको मितिबाट न्याय नपाएसम्म लागी आन्दोलनको घोषणा गर्दछौँ ।’

यसअघि हिजो मात्रै महाराजगञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आरक्षणको विरोध गर्दै डिन कार्यालय र क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरिसकेको छ ।

एनआरडीएका अध्यक्ष डा महर्जनले आरक्षणबाट चिकित्साक्षेत्रको गुणस्तरमा दुरगामी असर पार्ने भन्दै त्यसको विरोध गरेको बताए । क्षमतावान व्यक्तिले पढन पाउनुपर्नेमा आरक्षणको कोटाबाट धेरै कमजोर व्यक्तिले अवसर पाउने भन्दै यसको विरोध गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *