तीनकुनेमा स्त्रीरोग स्वास्थ्य शिविर

100
Shares

काठमाडौँ, १९ वैशाख । काठमाडौँ महानगरपालिका–३५, तीनकुनेमा सोमबार स्त्रीरोगसम्बन्धी बृहत स्वास्थ्य शिविरको आयोजना गरियो ।

स्थानीय एकीकृत उपभोक्ता समिति र सामुदायिक विकास समितिको संयुक्त पहलमा आयोजना गरिएको उक्त शिविर ट्रिटन कलेजको हातामा सञ्चालन गरिएको थियो ।

उक्त शिविरबाट एकसय ५० भन्दा बढी महिला लाभान्वित भएका थिए । शिविरमा खासगरी पाठेघर, क्यान्सर, प्रसूतिलगायत बिरामीको विस्तृतरुपमा परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष मदन शिवाकोटीले जानकारी दिए ।

शिविरमा काठमाडौँ मोडल अस्पतालबाट खटिएको विशेषज्ञसहितको टोलीले सेवा पु¥याएको थियो । शिविरमा क्यान्सरको मेमोग्राम, रगत, इसिजी, दिसापिसाब परीक्षणको समेत व्यवस्था गरिएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *