झाडापखला र अल्सरमा प्रयोग हुने औषधि गुणस्तरहीन

काठमाडौँ, १८ बैशाख । झाडा पखला र अल्सरमा प्रयोग हुने नेपाली कम्पनीले उत्पादन गरेका दुई औषधिहरु गुणस्तरहीन पाइएको छ । काभ्रेमा रहेको क्युरेक्स फर्मास्यिुटिकल्स प्रालिले उत्पादन गरेको व्याँच नं POR ६९९ को रेलिट ( ओरल रिहाईड्रेसन साल्ट) र मोरङमा रहेको एमटेक मेड प्रालिको व्याच नं ६१९३ को प्रान्प्राज( पान्टोप्राजोल ट्यावलेट) औषधि गुणस्तरहीन पाइएको हो ।

औषधि व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै नमूना परीक्षणका क्रममा यी दुई औषधिको गुणस्तर नपुगेको भन्दै तत्काल बजारबाट फिर्ता गर्न सम्वन्धीत कम्पनीलाई निर्देशन दिएको छ ।

विभागले रिलेटको पोकामा प्याकिङ गर्दा समस्या भएको र पान्प्राजमा ट्यावेलटको घुलनशीलमा समस्या भएको जनाएको छ । पोकामा समस्या भएको रिलेट औषधि झाडा पखलाको बेलामा प्रयोग हुने जीवनजल जस्तै हो । झाडा पखालाले ग्रस्त विरामीको शरीरमा पानी तथा मिनरल कार्बोहाइट्रेड उपलव्ध गराउन यो औषधि प्रयोग हुन्छ ।

त्यस्तै प्रान्टोप्राल्जोल ट्याबलेट ग्यास्टिक तथा अल्सरमा प्रयोग हुने औषधि हो । ट्यावलेट खाना साथ निश्चित समयमा शरीर भित्र घुल्नुपर्नेमा त्यो नभएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नारायण ढकालले नमूना परीक्षण गर्दा गुणस्तरमा कमी देखिएपछि बजारबाट तुरुन्त फिर्ता रिकल गर्न सूचना जारी गरिएको बताए । उनले १५ दिन भित्रमा फिर्ता गरेको विवरण विभागमा पेश गर्न सम्वन्धीत कम्पनीलाई निर्देशन दिएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *