भरतपुर अस्पतालमा अतिरिक्त सेवा

चितवन, १७ वैशाख । भरतपुर अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) थप गरेको छ ।

सुविधायुक्त सरकारी अस्पतालमा आउने बिरामीको सहजताका लागि यसरी सेवा विस्तार गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासैनीका अनुसार अस्पतालमा ओपिडी सेवालाई विस्तार गरी २ बजेबाट बढाएर ३ बजेसम्म पु¥याइएको हो ।

तीन बजेपछि भने अतिरिक्त शुल्क लिएर अतिरिक्त सेवासमेत दिन थालिएको डा मरासैनीले जानकारी दिए । सो सेवा पाँच बजेसम्म चल्ने छ । बिरामीको चाप र निजी अस्पतालको महँगो सेवाबाट राहत मिलोस् भनेर सेवालाई विस्तार गरिएको अस्पतालले जनाएको छ ।

अतिरिक्त सेवामा आउने बिरामीका लागि टिकट शुल्क रु ३०० तोकिएको छ भने नियमित ओपिडीका लागि ज्येष्ठ नागरिकलाई रु १५ र अन्यलाई रु ३० पर्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनमा सुरु भएको सेवाले विपन्न नागरिकलाई राहत मिल्ने छ । हाल भरतपुर अस्पतालमा ६०० श्यया रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *